विद्यालय कर्मचारीका माग चुनावी घोषणापत्रमा समावेश गर्न अपिल

हिमाल प्रेस ४ फागुन २०८२ १५:०६ | Monday, February 16, 2026
412
SHARES
विद्यालय कर्मचारीका माग चुनावी घोषणापत्रमा समावेश गर्न अपिल

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा विद्यालय कर्मचारीका माग समेट्न राजनीतिक दलहरूलाई अपिल गरेको छ।

परिषद् अध्यक्ष गंगाराम तिवारीले न्यून पारिश्रमिकमा कार्यरत कर्मचारीका मागहरूलाई दलका चुनावी घोषणापत्र वा प्रतिज्ञापत्रमा समावेश गर्न अनुरोध गरेका हुन्।

सामुदायिक विद्यालयका सबै कर्मचारीलाई स्थायी दरबन्दी प्रदान गरी सेवाको सुनिश्चितता, निजामति कर्मचारी अनुसार न्यायोचित तलब, भत्ता, पोसाक, उपचार तथा अन्य सेवासुविधाको व्यवस्था गर्नुपर्ने जारी अपिलमा उल्लेख गरिएको छ।

सञ्चयकोष, बीमा, उपदान वा पेन्सन तथा अवकाशपछि सामाजिक सुरक्षाको सुनिश्चितता, सेवा अवधि, योग्यता र कार्यसम्पादनको आधारमा स्पष्ट सेवाशर्त र पदोन्नति प्रणालीको व्यवस्था आवश्यक रहेको बताइएको छ।

यसैगरी परिषद्ले तालिम, क्षमता अभिवृद्धि, कार्य विभाजनको स्पष्टता तथा विद्यालय कर्मचारीको भूमिका र सम्मानको कानुनी सुनिश्चिततासहित सम्मानजनक कार्य वातावरणको व्यवस्था गर्न पनि अपिल गरेको छ।

प्रकाशित: ४ फागुन २०८२ १५:०६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast