काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार–प्रसार सुरु गरेका छन्।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्थाअनुसार राजनीतिक दल र उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार–प्रसार सुरु गरेका हुन्।
औपचारिक रुपमा प्रचार–प्रसार सुरु भएसँगै नेकपा (एमाले), नेपाली कांगे्रस, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रमा अभियान सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन्।
सोमबारदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।




