रुपन्देही-३ का जसपा उम्मेदवार नै एमाले प्रवेश

हिमाल प्रेस ४ फागुन २०८२ १२:०४ | Monday, February 16, 2026
रुपन्देही-३ का जसपा उम्मेदवार नै एमाले प्रवेश

रुपन्देही- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) का तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा गरेका हुन्।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा, नेपाल) को साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिह्न ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन्।

उनले एमाले रुपन्देही-३ का उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन्।

सोमबार नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भूमिश्वर ढकाल, गोमादेवी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी, बासुदेव घिमिरे, प्रमोद यादव, हरिप्रसाद अधिकारि, उमा काफ्ले, अनुप बराललगायतले उनलाई स्वागत गरेका थिए।

प्रकाशित: ४ फागुन २०८२ १२:०४ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast