राष्ट्रपति पौडेल बढाइँमा सहभागी

हिमाल प्रेस ३ फागुन २०८२ १२:१३ | Sunday, February 15, 2026
6
SHARES
राष्ट्रपति पौडेल बढाइँमा सहभागी हाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भएका छन्।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान नेपाली सेनाले आयोजना गरेको सो बढाइँ तथा सैनिक कला प्रदर्शनी समारोहमा सरिक भएका हुन्।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे।

समारोहमा सेनाले विभिन्न आकर्षक रणकौशल, मार्चपास तथा परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरेको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गरेका थिए। उनले प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरे ।

उक्त कार्यक्रममा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्ने सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो। सो अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गरेको थियो । साथै राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा आकर्षक कवाज प्रस्तुत गरेको थियो।

सो समारोहमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्यान्ड टिम प्रमुखलाई उपहार प्रदान गरेका थिए।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकरी अधिकारी र समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता थियो।

प्रकाशित: ३ फागुन २०८२ १२:१३ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast