ललितपुरमा ट्रक दुर्घटनामा चारको मृत्यु, एकको पहिचान हुन बाँकी

हिमाल प्रेस २ फागुन २०८२ ९:१४ | Saturday, February 14, 2026
6
SHARES
ललितपुरमा ट्रक दुर्घटनामा चारको मृत्यु, एकको पहिचान हुन बाँकी

काठमाडौँ- ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक, सहचालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिकाका गणेश खड्का, सोही ठाउँका गणेश थापा र बूढानीलकण्ठ नगरपालिकाका ज्योती कार्की छन्। अर्का एकजनाको पहिचान हुन बाँकी छ।

प्रकाशित: २ फागुन २०८२ ९:१४ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast