फेवातालमा भेटियो एसएलआर राइफल

हिमाल प्रेस १ फागुन २०८२ १९:४५ | Friday, February 13, 2026
20
SHARES
फेवातालमा भेटियो एसएलआर राइफल

पोखरा- पोखराको फेवातालमा माछा मार्ने क्रममा एसएलआर राइफल फेला परेको छ।

फेवातालअन्तर्गत पोखरा-१८, खपौंदीबाट स्थानीय ४२ वर्षीय कुमार जलारीले माछा मार्ने क्रममा जाल हानेका थिए। जाल हान्ने क्रममा जालमा एसएलआर राइफल अड्किएपछि उनले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सो स्थानमा गई बुझ्दा मु वा १११ (बट) नम्बर बडी नं. १३८१० लेखिएको राइफल फेला परेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार सो राइफलमा लोड भएको गोली राउण्ड १८ सहितको म्यागजिन थप एक समेत बरामद गरिएको छ।

यसबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए।

प्रकाशित: १ फागुन २०८२ १९:४५ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast