जेलेन्स्कीले गरे युद्ध अन्त्य गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

हिमाल प्रेस २९ माघ २०८२ १६:१४ | Thursday, February 12, 2026
22
SHARES
जेलेन्स्कीले गरे युद्ध अन्त्य गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध अन्त्य गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन्। यद्यपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्ता पछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन्। यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूस माथि दबाब दिनु पर्ने बताएका छन्।

यसअघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताएका थिए। रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी संकटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरू गर्ने बाँकी रहेको उल्लेख गरेका थिए।

प्रकाशित: २९ माघ २०८२ १६:१४ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast