काठमाडौँ- सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो। यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: २९ माघ २०८२ ११:०१ | Thursday, February 12, 2026
प्रतिक्रिया



