काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो।
आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ रहेको थियो।
प्रकाशित: २८ माघ २०८२ ११:५५ | Wednesday, February 11, 2026
प्रतिक्रिया



