बालुवाटारमा प्रचण्डसँग ओलीको भेटवार्ता

हिमाल प्रेस १० माघ २०७९ ११:३९ | Tuesday, January 24, 2023
बालुवाटारमा प्रचण्डसँग ओलीको भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ। आसन्न राष्ट्रियसभा निर्वाचनमा कसलाई अघि बढाउने भन्ने विषयमा छलफल भएको ओलीनिकट स्रोतको दाबी छ।

उनीहरूबीच राजनीतिक र कूटनीतिक नियुक्तिका विषयमा पनि छलफल भएको बताइन्छ। सोमबार मात्रै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठले शपथ लिएका थिए। अन्य सदस्यमा क-कसलाई पठाउने टुंगो लागेको छैन।
यस्तै, मन्त्रालय भागबन्डाका विषय टुंगो लागेको छैन। जनमत पार्टीको असन्तुष्टिका कारण सरकारबाट बाहिरिने डर बढेको छ।

ओलीले मन्त्रालय साटेर सरकारमा सामेल गर्ने जनमतका अध्यक्ष डा. सिके राउतलाई आश्वासन दिएका छन्। यता जसपाले पनि असन्तुष्टि जनाइरहेको छ। आजको भेटमा यिनै विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित: १० माघ २०७९ ११:३९ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast