उर्दीपछि बैतडीमा २८७ बन्दुक फिर्ता

हिमाल प्रेस २३ माघ २०८२ ६:५८ | Friday, February 6, 2026
10
SHARES
उर्दीपछि बैतडीमा २८७ बन्दुक फिर्ता फाइल तस्बिर

बैतडी- बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको र सोहीबमोजिम बन्दुक फिर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता बलदेब बडूले जानकारी दिए।

यसअघि जिल्ला सुरक्षा समितिले हातहतियार बुझाउन उर्दी जारी गरेको थियो। जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो। बुझाइएका बन्दुक चैत २० गतेपश्चात फिर्ता गरिने जनाएको छ।

प्रकाशित: २३ माघ २०८२ ६:५८ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast