जापानमा भारी हिमपात, ३५ जनाको मृत्यु

हिमाल प्रेस २१ माघ २०८२ २१:२८ | Wednesday, February 4, 2026
8
SHARES
जापानमा भारी हिमपात, ३५ जनाको मृत्यु

काठमाडौँ– जापानमा जनवरी २० देखि भएको भारी हिमपातका कारण देशभरमा ३५ जनाको मृत्यु हुनुको साथै ३५८ जना घाइते भएका देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार जानकारी दिएको छ।

निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरीलगायतका धेरै प्रान्तहरूमा हताहती भएको जापानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी रिपोर्ट गरेका छन्।

जापानको समुद्री तटमा रहेको निगाता प्रान्तमा बुधबारसम्म १२ जनाको मृत्यु भएको छ।

अग्नि अधिकारीहरूका अनुसार धेरै मृत्युहरू हिउँ हटाउने कार्यको क्रममा भएका बताइएको छ। चिसोका कारण अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम जारी रहेको छ।

जापानको मौसम विज्ञान निकायका अनुसार हिउँदे चिसोको चापको निरन्तरता कारण मुख्यतया उत्तरी र पश्चिमी जापानको समुद्रमा भारी हिमपात भएको छ। सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार आओमोरी प्रान्तका केही भागमा हिउँ ४.३ मिटरभन्दा बढी जमेको छ भने निगाताका केही क्षेत्रमा करिब तीन मिटर हिउँ जमेको छ।

क्योदो न्यूजका अनुसार खराब मौसमले १४ आवासीय भवनहरूमा पनि क्षति पु¥याएको छ। जापानका अधिकांश क्षेत्रमा तापक्रम बढेसँगै अधिकारीहरूले स्थानीयलाई हिमपहिरो, छतबाट खस्ने हिउँ र यातायात अवरोधबाट सतर्क रहन चेतावनी दिइरहेका छन्।-रासस/सिन्ह्वा

प्रकाशित: २१ माघ २०८२ २१:२८ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast