५५ वर्षपछि घर फिरे, ७० वर्षमा बनाए नागरिकता

हिमाल प्रेस २१ माघ २०८२ २०:५८ | Wednesday, February 4, 2026
५५ वर्षपछि घर फिरे, ७० वर्षमा बनाए नागरिकता एआईबाट बनाइएको प्रतिनिधिमूलक तस्बिर।

अमरगढी (डडेल्धुरा)- डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३, गौलीगाउँ देवलका गगनसिं खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले आज (बुधबार) उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गरे।

विसं २०१२ माघ १५ गते जन्मिका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए। त्यसपछि उनी ५५ वर्षपछि घर फर्किएका हुन्। गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उनी नागरिकता बनाउन प्रशासन कार्यालय गरिएका हुन्।

यसै गरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन्। उनी करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन्।

२०३५ देखि डडेल्धुरा आएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जानकारी दिए। रासस

प्रकाशित: २१ माघ २०८२ २०:५८ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast