काठमाडौँ- रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ। डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन्।
राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो गायिका सुशीला बस्नेत तिमिल्सिनाकाे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
निकेश खडकाले निर्देशन गरेको भिडियोमा सागर दाहाल र स्मारिका ढकालले अभिनय गरेका छन्। साथै गायक गायिका पनि देखिएका छन्।
प्रेमील गीतमा आफ्नो प्रेमिका/प्रेमीसँग सधैँ साथै रहँने चाहने भाव व्यक्त गरिएको छ।
यस्तो छ गीत
प्रकाशित: २१ माघ २०८२ ११:३६ | Wednesday, February 4, 2026
प्रतिक्रिया



