काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज (मंगलबार) प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन्।
प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: २० माघ २०८२ १९:५८ | Tuesday, February 3, 2026
प्रतिक्रिया



