काठमाडौँ- सुनको मूल्य फेरि बढेको छ । शुक्रबार यता तालामा ५२ हजार ७०० रुपैयाँले घटेर सोमबार २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पुनः ३ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा ३०० रुपैयाँले घट्दै चाँदी ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित: २० माघ २०८२ ११:०१ | Tuesday, February 3, 2026
प्रतिक्रिया



