उच्च भाउबाट घट्दै सुन. आज २ लाख ८६ हजार ६०० कायम

हिमाल प्रेस १९ माघ २०८२ १०:५७ | Monday, February 2, 2026
20
SHARES
उच्च भाउबाट घट्दै सुन. आज २ लाख ८६ हजार ६०० कायम

काठमाडौँ- सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो।

बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो। चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १९ माघ २०८२ १०:५७ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast