रोशनलाई ‘मिस्टर योगी’ र सोनमलाई ‘मिस योगी’ को उपाधि

हिमाल प्रेस १८ माघ २०८२ १८:४९ | Sunday, February 1, 2026
60
SHARES
रोशनलाई ‘मिस्टर योगी’ र सोनमलाई ‘मिस योगी’ को उपाधि

काठमाडौँ- कञ्चनपुरका रोशन विष्ट र काठमाडौँकी सोनम वाडमो तामाङ देशभरका २४६ योगासन खेलाडीहरूलाई पछि पार्दै सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’ को उपाधि जित्न सफल भएका छन्।

रोशनले यसअघि पनि दुईवटा राष्ट्रिय प्रतियोगिताहरूमा समेत मिस्टर योगीको उपाधि जित्दै ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । कपनस्थित दीक्षालय स्कुलको आयोजनामा भएकाे प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

१० देखि १४ वर्ष उमेर समूह पुरुषतर्फ सत्यनारायण शाह प्रथम, निलम पुरी द्वितीय र युल किशोर सिंह तृतीय भए। सोही उमेर समूह (महिला) तर्फ सोनम वाडमो तामाङ प्रथम, स्वेक्षा थापा द्वितीय तथा संरचना पुरी र सामना नेपाली संयुक्त रूपमा तृतीय भए।

१४ देखि १८ वर्ष उमेर समूह पुरुषतर्फ बुद्ध गुरुङ प्रथम, सन्देश धिताल द्वितीय र सुन्दर कार्की तृतीय स्थानमा रहे। महिलातर्फ प्रज्ञा गौतम प्रथम, सुहारिका कार्की द्वितीय र प्रिया जी.सी. तृतीय स्थानमा रहे।

१८ देखि २८ वर्ष उमेर समूह पुरुषतर्फ रोशन विष्ट प्रथम, आङ छिरिङ लामा द्वितीय र विवेक यादव तृतीय स्थानमा रहे। महिलातर्फ चाँदनी परियार प्रथम, पुष्पा नाथ द्वितीय र आशा पौडेल तृतीय स्थानमा रहे।

२८ देखि ३५ वर्ष उमेर समूह पुरुषतर्फ देवबहादुर थापा प्रथम, सुमन आचार्य द्वितीय र कैलाशजंग कार्की तृतीय भए। महिलातर्फ मीनाकुमारी राउत प्रथम, मन्जु तोलेंगे द्वितीय र सुनिता सुनुवारले तृतीय स्थान हासिल गरे।

३५ देखि ४५ वर्ष उमेर समूह पुरुषतर्फ नील कमल राय प्रथम, हरि कृष्ण खराल द्वितीय र तेज प्रसाद ढकाल तृतीय स्थानमा ररहे। महिलातर्फ प्रथम सृजना श्रेष्ठ, दोस्रो अन्जु श्रेष्ठ र तेस्रो स्थानमा रविना बके थिए।

४५ देखि ५५ वर्ष उमेर समूह पुरुषतर्फ राजकुमार ओडारी प्रथम, चन्द्र बहादुर दगाल द्वितीय र लाल बाबु ठाकुर तृतीय भए। महिलातर्फ जानुका भट्टराई प्रथम, रेनु दुलाल द्वितीय र कमला काफ्ले तृतीय भए।

५५ वर्ष माथिको उमेर समूह पुरुषतर्फ कृष्णबहादुर न्यौपाने प्रथम, कमलबहादुर राजलवट द्वितीय र यज्ञप्रसाद आचार्य तृतीय भए। महिलातर्फ ललिताकुमारी बछाड प्रथम, चिनी माया खत्री द्वितीय र पशुपति देवी धिमाल तृतीय स्थानमा रहे।

यस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको आवास तथा खानाको पूर्ण प्रायोजन दीक्षालय स्कुलले गरेको थियो। प्रतियोगितामा देशभरबाट आएका खेलाडी तथा खेल प्राविधिकहरूलाई आतिथ्य प्रदान गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै दीक्षालय स्कुलका संस्थापक प्रिन्सिपल दुर्गाप्रसाद दाहालले आगामी दिनमा पनि यस्ता राष्ट्रिय स्तरका प्रतियोगिताहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसै अवसरमा प्रतियोगिताका टेक्निकल डाइरेक्टर डा. संग्राम पुरीले सातौँ राष्ट्रिय योगासन प्रतियोगितामा पहिलो पटक डिजिटल डिसिजन (कम्प्युटर स्कोरिङ प्रणाली) प्रयोग गरी नतिजा तुरुन्त, पारदर्शी र प्रभावकारी रूपमा सार्वजनिक गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै यस उपलब्धिले भविष्यमा थप प्रविधिमैत्री कार्य गर्न ऊर्जा मिलेको बताए।

प्रतियोगिताको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मीठाराम अधिकारीज्यूले गरेका थिए। प्रतियोगितामा विजयी खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले प्रदान गर्दै योगासन खेलले व्यक्तिको स्वास्थ्य सुदृढ गर्नुका साथै राष्ट्रको गरिमा अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरे।

उक्त प्रतियोगितामा प्राविधिकतर्फ डा. आनन्द गैह्रे, पुष्करराज पन्त, केदारनाथ बस्ताकोटी, पर्शुराम आचार्य थिए। एथलिट मेनेजर र स्टेज मेनेजरतफ रोजी शर्मा र गंगा पुन थिए।

कार्यक्रममा नेपाल योग खेलकुद संघका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर कार्की, उपाध्यक्ष अशोक आले, महासविच चुडामणी खरेल, कोषाध्यक्ष प्रेम खड्का, सुदूरपश्चिम योग खेलकुद संघका अध्यक्ष गीता सोराडी लगायतको उपस्थिति थियो।

प्रकाशित: १८ माघ २०८२ १८:४९ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast