महेश बस्नेतको अपिल : अधुरा योजना पूरा गर्ने दृढ प्रतिबद्धतासहित आएको छु, मत दिनुहोला

हिमाल प्रेस १७ माघ २०८२ १२:२४ | Saturday, January 31, 2026
12
SHARES
महेश बस्नेतको अपिल : अधुरा योजना पूरा गर्ने दृढ प्रतिबद्धतासहित आएको छु, मत दिनुहोला

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन्। उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको संकल्प व्यक्त गरे।

‘तपाईँहरूको बीचमा उपस्थित भएको छु, भक्तपुरका हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण-यी सबै मेरो प्राथमिकतामा रहनेछन्’ उनले भने।

सचिव बस्नेतका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन्।

‘म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने।

उनले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि हातेमालो गर्न आग्रह गरे। साथै उनले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरेका छन्। ‘तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध भक्तपुर निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’मतदातासँग उनको अनुरोध छ ।

प्रकाशित: १७ माघ २०८२ १२:२४ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast