‘द ब्ल्यू लाइट’ को प्रिमियर [तस्बिरहरू]

हिमाल प्रेस १६ माघ २०८२ १२:०९ | Friday, January 30, 2026
18
SHARES
‘द ब्ल्यू लाइट’ को प्रिमियर [तस्बिरहरू]

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ आजदेखि हलमा लागेको छ। फिल्मको बिहीबार सिभिल मलमा प्रिमियर सो आयोजना गरिएको थियो। बलिराम चौहानको निर्देशनमा बनेको फिल्म प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।

साइकोलोजिकल थ्रिलर जनरामा बनेका सीमित राम्रा फिल्ममध्ये ‘द ब्ल्यू लाइट’ केही नयाँपन रहेको उनीहरूको प्रतिक्रिया थियो।

प्रिमियरपछि बोल्दै कलाकार तथा निर्देशक दीपक आचार्य (काकु) ले फिल्मको समग्रमा फिल्म उत्कृष्ट बनेको बताएका छन्। उनले कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने दाबी गरे।

‘फिल्मलाई म फरक स्वादको उत्कृष्ट प्याकेज भन्न रुचाए। सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु छ, र कथा बिल्कुलै नौलो छ। कलाकारहरूको अभिनयले दर्शकलाई हलभित्र बाँधेर राख्छ’, उनले भने।

त्यस्तै, निर्माता अविरल थापाले पनि छायाकार नरेन्द्र मैनालीको तारिफ गरे। प्रिमियरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाहले पनि फिल्मको प्राविधिक पक्ष र कथावाचनको शैली मन परेको प्रतिक्रिया दिए।

फिल्मकी मुख्य अभिनेत्री तथा कार्यकारी निर्मात्रीसमेत रहेकी बेनिशा हमालले प्रिमियरपछि खुसी व्यक्त गरिन्। उनले यो फिल्म आफ्नो लागि एक सपना रहेकोसमेत बताइन्।

उनले भनिन्, ‘नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु एउटा ठूलो चुनौती र जोखिम थियो। तर, आज प्रिमियरमा उपस्थित दर्शक र फिल्मकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मेहेनत सफल भएको महसुस गराएको छ। यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो।’

फिल्ममा बेनिशासँगै सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी, सुरक्षा इटानी, बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन्।

प्रकाशित: १६ माघ २०८२ १२:०९ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast