अस्थायी मतदाता विवरण पनि संकलन गरिँदै

हिमाल प्रेस १६ माघ २०८२ १०:३१ | Friday, January 30, 2026
10
SHARES
अस्थायी मतदाता विवरण पनि संकलन गरिँदै

तनहुँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण संकलन सुरु भएको छ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण संकन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ।

हालसम्म आचारसंहिता उल्लंघनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन्। यो जिल्लामा दुई निर्वाचन क्षेत्र छन्।

प्रकाशित: १६ माघ २०८२ १०:३१ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast