काठमाडौँ- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका-९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन्।
शंकास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए।
प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो।
सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ। ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ।
प्रकाशित: १६ माघ २०८२ ७:४६ | Friday, January 30, 2026
प्रतिक्रिया





