साना उद्योगको पहुँच विस्तार गर्नुपर्छ : शेखर गोल्छा

हिमाल प्रेस ९ माघ २०७९ १४:४१ | Monday, January 23, 2023
साना उद्योगको पहुँच विस्तार गर्नुपर्छ : शेखर गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ‘लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलन’लाई सोमबार सम्बोधन गर्दै उनले रोजगारीका लागि यो क्षेत्रको महत्त्व रहेको बताएका हुन्।

उनले भने, ‘साना तथा मझौला उद्योगले रोजगारी वृद्धिमा ठूलो भूमिका खेलेको छ, त्यसकारण यस क्षेत्रको पहुँच विस्तार अत्यन्तै जरुरी छ।’

अध्यक्ष गोल्छाले यसको विस्तारका लागि सरकारले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने पनि बताए।

प्रकाशित: ९ माघ २०७९ १४:४१ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast