राष्ट्र बैंक स्वायत्त संस्था हो, मन्त्रालयको हस्तक्षेप हुँदैनः अर्थमन्त्री पौडेल

हिमाल प्रेस ९ माघ २०७९ १३:४३ | Monday, January 23, 2023
राष्ट्र बैंक स्वायत्त संस्था हो, मन्त्रालयको हस्तक्षेप हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै हस्तक्षेप गर्न नसक्ने बताएका छन्।

ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सोमबार सम्बोधन गर्दै पौडेलले सरकार केन्द्रीय बैंकसँगको सहकार्यमा अगाडि बढ्ने बताएका हुन्।

उनले भने, ‘राष्ट्र बैंक स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो। त्यसकारण अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप गर्न सक्दैन।’

पौडेलले पछिल्ला दिनमा बैंकको ब्याजदर पनि क्रमशः कम हुँदै गएको बताए। ‘बैंकको ब्याजदर घट्दो क्रममा छ, तरलताको समस्या पनि हटेको छ,’ उनले भने।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमी र समाधानका उपाय सरकारलाई दिन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई प्रबद्र्धन गर्ने नीतिअनुसार अगाडि बढेको पनि बताए।

प्रकाशित: ९ माघ २०७९ १३:४३ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast