योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए शपथ

हिमाल प्रेस ९ माघ २०७९ १३:२० | Monday, January 23, 2023
योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन्।

सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनियताको शपथ लिएका हुन्। माघ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो।

श्रेष्ठ यसअघि २०७३ सालमा पनि योजना आयोगको उपाध्यक्ष थिए। त्यतिबेला पनि प्रधानमन्त्री दाहाल नै थिए। श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत हुन्।

नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठले राष्ट्र बैंकमा २६ वर्ष काम गरेका थिए। श्रेष्ठले राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए।

प्रकाशित: ९ माघ २०७९ १३:२० | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast