भृकुटीमण्डपमा सुरु भयो काठमाडौँ महोत्सव

हिमाल प्रेस १४ माघ २०८२ १४:२२ | Wednesday, January 28, 2026
22
SHARES
भृकुटीमण्डपमा सुरु भयो काठमाडौँ महोत्सव

काठमाडौँ- भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं बिजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा भएको महोत्सव माघ १७ गतेसम्म चल्नेछ।

स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ।

महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्। सो क्रममा डंगोलले महिला, युवा लगायतको सशक्तीकरणका लागि आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्ने बताइन्।

आर्थिकरूपमा आत्मनिर्भरका साथै आफूसँग भएका सीपलाई आर्यआर्जनसँग जोड्नका लागि मेला महोत्सव महत्त्वपूर्ण हुने उनले बताइन्। उनले काठमाडौँ महानगरले पनि एक वडा एक नमुना उद्यमशील कार्यक्रम आयोजना गरिरहेको र गृहिणीहरूलाई सीप सिकाउने काम भइरहेको जानकारी दिइन्।

महोत्सवमा करिब दुईसय भन्दा बढी व्यावसायिक स्टलहरू छन्। घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यावसायिक दृश्यता प्रदान समेत गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए।

प्रकाशित: १४ माघ २०८२ १४:२२ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast