पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान
काठमाडौँ- देशका केही स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षा भइरहेको हो । काठमाडौंमा दिउँसो २-३ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ । राति १-२ बजेसम्म काठमाडौं छिटपुट वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । आज राति १-२ बजेसम्म वर्षा गराउने प्रणाली सक्रिय रहनेछ । त्यसपछि क्रमशः कमजोर हुँदै जाने र भोलि (बिहीबार) देशका अधिकांश भूभागम मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
प्रकाशित: १४ माघ २०८२ ७:१९
प्रतिक्रिया



