मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु

हिमाल प्रेस १४ माघ २०८२ ६:३३ | Wednesday, January 28, 2026
16
SHARES
मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु

काठमाडौँ- काठमाडौँमा दुई वटा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ। मंगलबार राति सवा ८ बजे नागार्जुन नगरपालिका–८ फस्कुमा दुई वटा मोटरसाइकल ठोक्किएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

सितापाइलाबाट रामकोट जाँदै गरेको बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२– ००३ प ६७१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

बा प्र ०२–०५४ प ०५५७ मा सवार २५ वर्षीय भिमराज तामाङ गम्भीर घाइते भएका थिए। नागर्जुन नगरपालिका–८ बस्ने उनी नेपाली सेनाका सिपाही हुन्। उनको उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको एसपी सुवेदीले बताए।

अर्को मोटरसाइकलका चालक सर्लाही घर भई ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर सामान्य घाइते छन्। उनको मुखमा चोट लागेको छ। दुवै मोटरसाइकलमा क्षति पुगेको छ।

प्रकाशित: १४ माघ २०८२ ६:३३ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast