नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै घण्टी बजाएर मात्रै हुनेवाला केही नभएको बताएका छन्।
मंगलबार काठमाडौँमा नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एकता पक्षधरबीचको कार्यक्रममा बोल्दै
उनले अहिले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको पनि बताए।
‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले सिद्धान्तको खडेरी, विचारको खडेरी छ। सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम जो भइरहेको छ यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘बाँकी रहेका र पुराना रहेका कमरेडहरूले पनि सोच्नुहोस्, हामी सबै मिलेर समाजवादी विशाल भवन निर्माण गरौं । त्यसले मात्रै देश र जनताको सेवा गर्छ।’



