३ दिनदेखि डलरको भाउ कीर्तिमानी मूल्यमा अड्कियो

हिमाल प्रेस १३ माघ २०८२ ६:४८
8
SHARES
३ दिनदेखि डलरको भाउ कीर्तिमानी मूल्यमा अड्कियो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ६५ र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३२ र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा थियो। आज कुबेती दिनार १ को खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ।

प्रकाशित: १३ माघ २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast