महोत्तरीमा सात पूर्वमन्त्री चुनावी मैदानमा

हिमाल प्रेस १२ माघ २०८२ १५:३१ | Monday, January 26, 2026
14
SHARES
महोत्तरीमा सात पूर्वमन्त्री चुनावी मैदानमा

महोत्तरी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्।

चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं-१ बाट एक, क्षेत्र नं-२ बाट एक, क्षेत्र नं-३ बाट दुई र क्षेत्र नं-४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन्।

जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव लड्दै छन्। उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन्।

त्यस्तै क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायातमन्त्री शरत्सिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा एमालेका कासिम नदाफ पनि प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै क्षेत्र नं-३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन्। यादवलाई जसपा नेपालले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् भने रिजवानले नेपाल संघीय समाजवादी पार्टीबाट चुनावी मैदानमा छन्।

सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा एमालेका मनोजकुमार सिंहसँग प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा रहेका छन्।

पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा.सुरेन्द्र यादव जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव लड्दै छन्। यस क्षेत्रबाट एमालेका उम्मेदवार निलम अधिकारी पनि चुनावी मैदानमा छन्।

प्रकाशित: १२ माघ २०८२ १५:३१ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast