दयाहाङ, प्रकाश र सिर्जनाकाे फिल्म ‘मिरमिरे’ ले कति कमायो?

हिमाल प्रेस १२ माघ २०८२ ११:४३
18
SHARES
दयाहाङ, प्रकाश र सिर्जनाकाे फिल्म ‘मिरमिरे’ ले कति कमायो?

काठमाडौँ- फिल्म ‘मिरमिरे’ले प्रदर्शनको ९ दिनसम्म जम्मा ३३ लाख कमाउन सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस कलेक्सनअनुसार फिल्मले ९ दिनमा जम्मा ३३ लाख मात्र कमाउन सफल भएको हो।

माघ १० गतेसम्म फिल्मले ३३ लाख ७२ हजार ७ सय १५ रुपैयाँ कमाएको छ। फिल्मको १० हजार ८ सय १३ टिकट बिक्री भएको छ।

त्रिकोणात्मक प्रेम कथा आधारित फिल्ममा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा प्रस्तुत गरिएको छ। फिल्मका लेखक तथा निर्देशक यम शेर्पा हुन्।

फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, शाइसा गौचन, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा छन्। फिल्म माघ १ देखि हलमा प्रदर्शनरत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast