काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो। हिजो पनि अमेरिकी डलरको बिनिमयदर यही थियो।
आज युरो १ को खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ।




