सुदूरपश्चिममा हिमपातसँगै हिउँदे वर्षा

हिमाल प्रेस १० माघ २०८२ ८:३७ | Saturday, January 24, 2026
सुदूरपश्चिममा हिमपातसँगै हिउँदे वर्षा

बैतडी- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ। बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए। दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ।

डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको छ। यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्।

गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका हुन्।हिमपातका कारण चिसो भने अत्यधिक बढेको छ। चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। रासस

प्रकाशित: १० माघ २०८२ ८:३७ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast