के आशिका तामाङको उम्मेदवारी कायम छ?

हिमाल प्रेस १० माघ २०८२ ८:१६ | Saturday, January 24, 2026
22
SHARES
के आशिका तामाङको उम्मेदवारी कायम छ?

काठमाडौँ- शुक्रबार धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिएको हल्ला फैलियो। निर्वाचन कार्यालयले उनको इमेलबाट उम्मेदवारी फिर्ता भएको म्यासेज आएको बताएको थियो।

उनको चुनाव लड्न मापदण्ड नपुगेको कारण फिर्ता लिएको चर्चा भयो। तर त्यो हल्ला केही समयमै सत्य नभएको खबर बाहिरियो। आशिका स्वयंले आफूले इमेल नगरेको बताइन्। ‘मैले फिर्ता लिएको छैन। म चुनाव लड्न पाउनेरनपाउनेबारे निर्वाचन आयोगमा छलफलमा भइरहेको बेलामा मेरो नामबाट फेक इमेल आयोगमा पठाइएको रहेछ,’ उनले भनिन्, ‘कसले यस्तो गरेको हो । म उजुरी गर्छु ।’

जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र छ भन्ने आरोप उनले खेपेकी थिइन् । ‘विदेशी परिचयपत्र छैन । मेरो यतैको पासपोर्ट र यतैको नागरिकता छ,’ उनले भनिन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ १ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको बताए । ‘अहिलेसम्म यो क्षेत्रबाट फिर्ता लिनेको सूचीमा भारतीबाहेक अरु देखिएका छैनन्,’ उनले । उनका अनुसार शुक्रबार दिउँसोसम्म देशभरबाट ४९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

प्रकाशित: १० माघ २०८२ ८:१६ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast