शिव परियारको स्वरमा गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक

हिमाल प्रेस ९ माघ २०८२ १७:०५ | Friday, January 23, 2026
36
SHARES
शिव परियारको स्वरमा गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक

काठमाडौँ- गायक शिव परियारको स्वरमा ‘घर मेरो सानो बुकुरो’ बोलको पाश्र्व गीत सार्वजनिक भएको छ। गीत फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ मा समावेश गरिएको छ।

वसन्त पञ्चमीको अवसरमा गीत फिल्म रेञ्ज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सुदीप भुपाल सिंहको शब्द रहेको गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्। मार्मिक गीतको भिडियोमा फिल्मका कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने यात्रामा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ।

फिल्म आगामी फागुन १ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक सुदीप भुपाल सिंह हुन्। उनी ७ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।

‘श्री बुकुरो’को पारिवारिक कथामा आधारित रहेको उनले बताए।

प्रकाशित: ९ माघ २०८२ १७:०५ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast