काठमाडौँ- गायक शिव परियारले नयाँ गीत ‘दिल परानी’ ल्याएका छन् । प्रेममा धोकाको भाव व्यक्त गर्ने गीतमा राज क्षितिजको शब्द रचना र मनोज मालेको संगीत छ । गायनमा शिवलाई गायिका अन्नु चौधरीले साथ दिएकी छन् । गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।
गीतका यी शब्दले प्रेममा विक्षिप्त भएको प्रेमीको मनोदशा व्यक्त गर्छन् । भिडियोमा यही भावलाई उतारिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र उमेश सोनाम फिचर्ड छन् ।
भिडियोमा दिनेश पराजुलीको छायांकन, विकास दाहालको सम्पादन र राजेन्द्र मोक्तानको कलर संयोजन छ । सुहाना क्रिएसनको प्रस्तुति रहेको गीतका निर्माता गायक शिव स्वयं हुन् । गीतमा जलजला परियार र श्रीषा परियारले कोरस स्वर दिएका छन् । गीत ‘शिव परियार’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रकाशित: ३० जेठ २०८३ ८:३८ | Saturday, June 13, 2026
प्रतिक्रिया




