पाल्पा क्षेत्र न.२ मा सोमप्रसाद पाण्डेले सुरू गरे चुनावी अभियान

हिमाल प्रेस ९ माघ २०८२ १५:३६ | Friday, January 23, 2026
388
SHARES
पाल्पा क्षेत्र न.२ मा सोमप्रसाद पाण्डेले सुरू गरे चुनावी अभियान

बुटवल– नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र न. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले चुनावी अभियान सुरु गरेका छन्। पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजा र सिद्वबाबा सुरूङमार्ग अगाडि पत्रकार सम्मेलन गरी चुनावी अभियानको सुरुवात गरेका हुन्।

यसपटक व्यक्तिगत रुपमा चुनाबी मैदानमा होमिने इच्छा नभए पनि पाल्पाबासीको आग्रहमा उम्मेदवार बनेको उनले बताए।

‘म अहिले व्यक्तिगत रुपमा भन्ने हो भने चुनावमा उम्मेदवार हुने इच्छा त्यति थिएन्, पाल्पाका धेरै जसोले तपाईँ योपटक जसरी भए पनि उठ्नु पर्छ भने पछि म निर्वाचनमा होमिएको हुँ,’ उनले भने।

२०७९ सालमाको निर्वाचनमा आफू पराजित भएको र त्यसपछि विकासका कामहरुले गति लिन नसक्दा आफूलाई निर्वाचनमा उठन् आग्रह गरेको बताए।

पूर्वमन्त्रीसमेत रहेका पाण्डेले आफू सांसद मन्त्री हुँदा मात्रै नभई अन्य समयमा पनि पाल्पाको विकासका लागि निरन्तर प्रयत्न गरिरहेको बताए।

यस्तै उम्मेदवार पाण्डेले सिद्धबाबाको सुरुङमार्ग निर्माण गर्न आफुहरुले विशेष भूमिका निर्वाह गरेको बताए। उनले अर्थमन्त्री युवराज खतिवडा हुँदा सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत पुग्दैन भन्दा आफू अनसन बस्ने चेताबनी दिएपछि मात्रै सुरुङर्माग निर्माणका लागि बजेटको सुनिश्चिता भएको बताए।

‘सुरुङमार्ग निर्माण गर्ने लगानी राज्यको हो, यसको निर्माणका लागि मैले धेरै प्रयत्न गरेको छु, अर्थमन्त्रीले बजेट सुनिश्चता गर्न आनाकानी गर्दा म अनसन बस्ने चेतावनी पनि दिएको हुँ। मैले सडक बने यता झण्डै १ हजार जनाले ज्यान गुमाउनु परेको छ। नागरिकको जिउ ज्यानभन्दा ठूलो कुरा केही होइन्, जसरी पनि सुरुङ मार्ग बनाउनै पर्छ भनेपछि बजेट सुनिश्चिता भएर निर्माण भएको हो,’ उनले भने।

यस्तै नेपाली कम्युनिष्ट पार्टी देशमा सुशासन ल्याउन जेनजीहरुले उठाएको मागप्रति प्रतिबद्ध रहेकाले सबै जेनजीहरुलाई पार्टीमा आउन समेत उनले आग्रह गरे।

प्रकाशित: ९ माघ २०८२ १५:३६ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast