नेपाली कम्युनिस्ट पार्टी मकवानपुरका नेता सर्केश घलान पनि दलका नेता कार्यकर्ताका साथ उम्मेदवार गाउँगाउँ पुगेकाले निर्वाचनको वातावरण बनेको उनले बताए। मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। दुवै निर्वाचन क्षेत्रमा पुराना र नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राणा, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निवर्तमान सांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
यसैगरी, क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनीसँगै सो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिस्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनिश लामासहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता कायम छन्।




