याङ्गो ग्रुपद्वारा ‘याङ्गो डेलिभरी’ सेवा सञ्चालनमा

हिमाल प्रेस ७ माघ २०८२ २१:३४ | Wednesday, January 21, 2026
2
SHARE
याङ्गो ग्रुपद्वारा ‘याङ्गो डेलिभरी’ सेवा सञ्चालनमा

काठमाडौँ- याङ्गो ग्रुपले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै काठमाडौँ उपत्यकामा ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ।

सन् २०२५ मे महिनामा राइड–हेलिङ सेवामार्फत नेपाल प्रवेश गरेको याङ्गोले अब एक्सप्रेस र कार्गो डेलिभरी पनि एउटै प्लेटफर्ममा उपलब्ध गराएको हो।

काठमाडौँका प्रयोगकर्ताले साना प्याकेज र कागजात, मध्यम आकारका सामान र ठूला तथा भारी सामानहरूको कुरियर सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

याङ्गो डेलिभरीले अत्याधुनिक ‘रुटिङ र ब्याचिङ’ एल्गोरिदम प्रयोग गर्ने भएकाले ट्राफिक अवस्थाको विश्लेषण गरी समयमै डेलिभरी सुनिश्चित गर्ने गरेको कम्पनीको भनाइ छ।

कम्पनीले जनाएअनुसार यो सेवाको प्रमुख विशेषता ‘लाइभ ट्र्याकिङ’ रहेको जसका माध्यमबाट ग्राहकले आफ्नो पार्सल बारे थाहा पाउन सक्नेछन्।

याङ्गोले आफ्नै सवारी साधन वा कुरियर सञ्चालन नगरी स्थानीय यातायात कम्पनीहरूसँग साझेदारी गरेको छ।

प्रकाशित: ७ माघ २०८२ २१:३४ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast