एनसेल र भाटभटेनीको संयुक्त अफर : टी–२० विश्वपक मर्चेन्डाजमा २० प्रतिशतसम्म छुट

हिमाल प्रेस ७ माघ २०८२ २१:१६ | Wednesday, January 21, 2026
4
SHARES
एनसेल र भाटभटेनीको संयुक्त अफर : टी–२० विश्वपक मर्चेन्डाजमा २० प्रतिशतसम्म छुट

काठमाडौँ- एनसेल र भाटभटेनीले विशेष सहकार्यको घोषणा गरेका छन्। नेपाली क्रिकेट प्रशंसकहरूमाझ बढ्दो उत्साहलाई मध्यनजर गरी एनसेल र भाटभटेनीले सहकार्यको घोषणा गरेको हो।

यस योजनाअन्तर्गत ग्राहकहरूले आगामी टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को आधिकारिक मर्चेन्डाइज खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यो योजनामा सहभागी हुन ग्राहकले एनसेलको करसहित २९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि डेटा वा कम्बो प्याक खरिद गर्नुपर्ने एनसेलले जनाएको छ। कम्पनीले जनाएअनुसार प्याक खरिद गरेपछि ग्राहकले आफ्नो मोबाइलमा प्रोमो कोड (छुट कुपन) सहितको एसएमएस प्राप्त गर्नेछन्।

एनसेल एप, एनसेल सेन्टर वा आधिकारिक पसलहरूबाट २९९ रुपैयाँ माथिको प्याक खरिद गरेर एसएमएसमा प्राप्त भाटभटेनी अनलाइन स्टोरको लिंकमा क्लिक गर्नुपर्ने हुन्छ। त्यस्तै आफूलाई मनपर्ने मर्चेन्डाइज छनोट गरी ‘चेकआउट’ गर्ने समयमा प्राप्त प्रोमो कोड प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

यस योजनामार्फत ग्राहकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन गर्न आधिकारिक जर्सी रेप्लिका जर्सी, क्रिकेट ट्र्याक सुट, टोपीमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना आगामी चैत १७ गतेसम्म वा भाटभटेनीमा स्टक रहुन्जेल लागू हुनेछ।

प्रकाशित: ७ माघ २०८२ २१:१६ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast