काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन्।
मंगलबार सर्लाही हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन्।
२०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए। प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा समेत दिएका थिए।
प्रकाशित: ६ माघ २०८२ १५:५४
प्रतिक्रिया



