महेश बस्नेतले दर्ता गराए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १३:२७ | Tuesday, January 20, 2026
14
SHARES
महेश बस्नेतले दर्ता गराए उम्मेदवारी

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए। उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने उल्लेख गरे।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै अब समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने धारणा राखे। उनले भक्तपुरमा सबैलाई साथमा लिएर अघि बढ्ने र जनताले विश्वास गर्ने बताए।

प्रकाशित: ६ माघ २०८२ १३:२७ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast