विद्यालयका कर्मचारीको माग सम्बाेधन गर्ने अर्थमन्त्री पौडेलको आश्वासन

हिमाल प्रेस ८ माघ २०७९ १६:१९ | Sunday, January 22, 2023
विद्यालयका कर्मचारीको माग सम्बाेधन गर्ने अर्थमन्त्री पौडेलको आश्वासन

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आफ्ना मागको विषयमा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन्। आइतबार परिषद्का अध्यक्ष गंगाराम तिवारी सहितको टोलिले अर्थमन्त्री पौडललाई निवासमै भेटेर मन्त्रालयको बजेट महाशाखामा रहेको फाइललाई अघि बढाउन ध्यानाकर्षण गराएका हुन्।

यस अघि विद्यालयका कर्मचारीको सवालमा भएका सहमतिको फाइल गत भदौ २६ गते गते बजेट महाशाखामा पठाइएको र त्यसको थप प्रक्रिया अघि बढाउन अनुरोध गरिएको अध्यक्ष गंगाराम तिवारीले बताए।

उनले भने,‘ अर्थमन्त्रीले विद्यालयका कर्मचारीको तलब १५ हजार बनाउन पनि आफूले नै पहल गरेको र अहिले पनि अर्थमन्त्रालयबाट गएको तलबमान सहितको फाइललाई निर्णयार्थ प्रस्तुत गर्ने आश्वासन दिनुभएको छ।’ उनले सोमबार अर्थमन्त्रालयमा गएर विद्यालयका कर्मचारी सहित तलबमान उल्लेख गरेर निवेदन दिने बताए।

विद्यालयका कर्मचारीले सम्मानजनक पारिश्रमिक, सेवा सुविधा पाउन नसकेको भन्दै आन्दोलन गर्दै आएका छन्। सरकारसँग पटकपटक सहमति भएपनि बजेट अभाव भएको भन्दै उनीहरूको माग संवोधन हुन सकेको छैन।

प्रकाशित: ८ माघ २०७९ १६:१९ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast