किन पक्राउ परे दुर्गा प्रसाईं?

हिमाल प्रेस ५ माघ २०८२ १७:०० | Monday, January 19, 2026
12
SHARES
किन पक्राउ परे दुर्गा प्रसाईं? मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पोखरामा पक्राउ गरेको छ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ।

साइबर ब्युरोको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरी काठमाडौँ पठाउन लागिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

नेपाली कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए।

त्यसपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो।

त्यस्तै, प्रसाईंले सरकारी वेबसाइट ह्याक गर्न अह्राएको अडियो पनि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ।

प्रकाशित: ५ माघ २०८२ १७:०० | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast