सुनको मूल्य २ लाख ८२ हजार पुग्यो, चाँदीमा पनि रेकर्ड

हिमाल प्रेस ५ माघ २०८२ ११:२३
10
SHARES
सुनको मूल्य २ लाख ८२ हजार पुग्यो, चाँदीमा पनि रेकर्ड

काठमाडौँ- सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ।

प्रकाशित: ५ माघ २०८२ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast