जेनजी अभियन्ता रविकिरण हमाल सुर्खेत १ बाट उम्मेदवार बन्ने

हिमाल प्रेस ५ माघ २०८२ १०:०७ | Monday, January 19, 2026
34
SHARES
जेनजी अभियन्ता रविकिरण हमाल सुर्खेत १ बाट उम्मेदवार बन्ने रविकिरण हमाल।

काठमाडौँ- जेनजी नेता रविकिरण हमाल प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट लड्ने भएका छन्। उनी राप्रपाको चुनाव चिह्न हलोबाट चुनाव लड्ने भएका हुन्।

आफूले सोही क्षेत्रबाट चुनाव लड्न लागेको हमालले हिमाल प्रेससँग बताए। राप्रपामा लामो समयदेखि क्रियाशिल हमाल जेनजी आन्दोलनमा समेत सक्रिय थिए। सुर्खेतमा २०७९ सालको निर्वाचनमा कांग्रेसका पूर्णबहादुर खड्का विजयी बनेका थिए। यसपटक कांग्रेसको आन्तरिक द्वन्द्वका कारण खड्का चुनाव लड्नेनलड्ने अन्योलमा छन्।  अब भने उनी पार्टी र संसदीय राजनीतिमा आउन लागेका छन्।

उनका अनुसार राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही समेत सुर्खेत २ बाट लड्न लागेका छन्। यसअघि जुम्लाबाट विजयी शाही अब भने सुर्खेतबाट चुनाव लड्न लागेको हमालले बताए।

प्रकाशित: ५ माघ २०८२ १०:०७ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast