रास्वपाको कार्यक्रममा सहभागी हुन जनकपुरमा बालेन, सालिकमा माल्यार्पणदेखि मन्दिरमा पूजाआजा समेत गरे

हिमाल प्रेस ५ माघ २०८२ ९:५६ | Monday, January 19, 2026
12
SHARES
रास्वपाको कार्यक्रममा सहभागी हुन जनकपुरमा बालेन, सालिकमा  माल्यार्पणदेखि मन्दिरमा पूजाआजा समेत गरे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आजबाट चुनावी कार्यक्रम सुरु गर्दैछन्। उनले आज रास्वपाको पहिलो कार्यक्रमका रूपमा जनकपुरमा सहभागी हुँदैछन्। आज बिहानैबाट उनको दिनचार्य सुरु भएको छ। उनले बिहानै मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका छन् ।

सोमबार (माघ ५) बिहान जानकी मन्दिरमा पूजा गरेर सिरहाको लहान पुगेका उनले त्यहाँ रमेश महतो, विजय सहनी, प्रमोद सदाय, बेचन यादव, अनिष अन्सारीलगायत सहिदका सालिकमा माल्यार्पण गरेका हुन्।

बालेनसँग युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेता अमरेशकुमार सिंह पनि लहान पुगेका थिए। मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा त्यसयता प्रत्येक माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गरिन्छ।

सहिदको सालिकमा माल्यार्पण गरी बालेनसहितका नेताहरू जनकपुरमा आज हुने सभामा सहभागी हुन फर्कंदै छन्। उनी झापा ५ बाट चुनाव लड्ने तयारीमा छन्। जनकपुर हुँदै भोलि झापा पुग्ने उनको योजना छ।

प्रकाशित: ५ माघ २०८२ ९:५६ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast