उम्मेदवार बनाउने भएपछि प्रदीप र इस्तिहाकले दुई हप्तामै त्यागे जसपा नेपाल, अब एमालेमा

हिमाल प्रेस ५ माघ २०८२ ९:३६ | Monday, January 19, 2026
34
SHARES
उम्मेदवार बनाउने भएपछि प्रदीप र इस्तिहाकले दुई हप्तामै त्यागे जसपा नेपाल, अब एमालेमा बायाँबाट/प्रदीप यादव र इस्तिहाक राई

काठमाडौँ- आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार बनाउने आश्वसन पाएपछि प्रदीप यादव र इस्तिहाक राईले भर्खरै एकीकरण गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेर नेकपा एमाले प्रवेश गरेका छन्। उनीहरूले दुई साताअघि मात्रै उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण गरेका थिए।

त्यसअघि उनीहरू अशोक राई नेतृत्वको जसपामा थिए। तर १५ दिन नबित्दा एमालेमा पुगेका छन्। नेकपा एमाले नेता प्रभु हजारका अनुसार यादवलाई एमालेले पर्सा १ मा इस्तिहाकलाई बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ।

उनीहरू यसअघि पनि सोही क्षेत्रबाट लडेका थिए। विगतको निर्वाचनमा उनीहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहे पनि दुई वर्षअघि मात्रै पार्टी विभाजन गरेर जसपा बनाएका थिए। अहिले जसपा पनि अस्तित्वमै रहे पनि उनीहरू अन्यत्र पुगिसकेका छन्।

प्रकाशित: ५ माघ २०८२ ९:३६ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast