स्वागत नेपाल राप्रपाको चुनाव चिह्न लिएर झापा २ बाट उठ्ने

हिमाल प्रेस ५ माघ २०८२ ८:२८ | Monday, January 19, 2026
स्वागत नेपाल राप्रपाको चुनाव चिह्न लिएर झापा २ बाट उठ्ने

काठमाडौँ- अधिवक्ता स्वागत नेपाल राप्रपाको चुनाव चिह्न लिएर झापा २ बाट उठ्ने भएका छन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान ११ बजे राप्रपा केन्द्रीय कार्यालयमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ। नेपाल यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट लडेका थिए।

सभामुख देवराज घिमिरेसँग पराजित भएका थिए। त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका नेपाल अब भने पार्टीबाटै लड्ने भएका छन्। केही समयअघिदेखि राजसंस्था पुनःस्थापना गर्न उनी सक्रियताका साथ लाग्दै आएका छन्।

प्रकाशित: ५ माघ २०८२ ८:२८ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast